सरकारले ल्याउने तयारी गरेको संघीय शिक्षा ऐनको व्यवस्थाप्रति सामूदायिक विद्यालय व्यवस्थापन महासंघको आपत्ति, यी हुन ५ बुँदे माग

काठमाडौं, २६ श्रावण । सामूदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले सरकारले ल्याउने तयारी गरेको संघीय शिक्षा ऐनको व्यवस्थाप्रति आपत्ति जनाएको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै महासंघले सरकारले ल्याउने तयारी गरेको संघीय शिक्षा ऐनमा आफ्ना विभिन्न मागहरू समेटिनुपर्ने पनि बताएको छ । महासंघले विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न […]