विकास निर्माणमा राजनीति नगरौँ : मन्त्री धनराज गुरुङ

स्याङ्जा : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विकास निर्माणमा राजनीति नगर्न आग्रह गरेका छन्।स्याङ्जाको चापाकोट नगरपालिकाले आज चापाकोट–८ रत्नपुरमा आयोजना गरेको प्रस्तावित प्राकृतिक स्रोत व्यवस्थापन कलेज सञ्चालनसम्बन्धी छलफल कार्यक्रममा उनले सो आग्रह गरेका हुन्।“विकास निर्माण गर्दा सबैलाई समान ढङ्गले समेट्नु पर्छ, सबै जना हातेमालो गरेर अगाडि बढ्नुपर्छ, यसमा राजनीति गर्नु हुँदैन”, उनले भने। सबै दल मिलेर मुलुकको समृद्धिका लागि अघि बढ्नुपर्ने मन्त्री गुरुङको भनाइ थि