नेपाली कांग्रेसले उदयपुरको बेलका नगरपालिका–७ स्थित बाखाकुवामा भएको जिप दुर्घटनामा आठ जनाको अमूल्य जीवन समाप्त भएकामा दुःख व्यक्त गरेको छ । कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार शोक विज्ञप्ति जारी गरी धरानबाट भोजपुरको घोडेटार जाँदै गरेको को १ ज २५९३ नम्बरको जिप उदयपुरमा दुर्घटना हुँदा मृत्यु भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको हो । …