बागी स्त्रीको आत्मकथा (कविता)

ऊसँग बेहिसाब छन्, गुमाउनुका हिसाबहरू, कतै अराजक र उच्छृङ्खलता नै उसको पहिचान बनेको छ । विखण्डनकारीको तक्मा उसको निम्ति आम भइसकेको छ आरोप-प्रत्यारोप प्रहार र तिरस्कारकै बीचबाट परिवर्तन र क्रान्तिको बाटोमाअविचलित मुस्कुराउँदै उभिने अठोट गरेपछि बल्ल बन्दोरहेछ बागी स्त्रीको आत्मकथा ।।

सम्बन्धित सामग्री

प्रतिरोध र परिवर्तनीय यात्राको निर्विकल्प मेनिफेस्टो हो ‘बागी स्त्रीको आत्मकथा’

अपराजिता पारिजातका सम्पादक तथा केही अखबार, अनलाइनमा नियमित लेख्ने सुमिना प्रगतिशील साहित्यकारको रूपमा परिचित छिन्। थुप्रै फुटकर लेख, रचना प्रकाशन गर्दै आएकी सुमिनाको यो पहिलो कवितासङ्ग्रह बागी स्त्रीको आत्मकथा केही समय अगाडि बजारमा आएको थियो। इन्डिगो इनले प्रकाशन गरेको बागी स्त्रीको आत्मकथाबारे लेखक कवि राजनीतिक विश्लेषक आहुतिले सुमिनाका कविता वैचारिक हस्तक्षेपसहितका कविता भएको र यही […]

सुमिनाको पहिलो कवितासङ्ग्रह ‘बागी स्त्रीको आत्मकथा’, टिप्पणीकारले के भने ?

कार्यक्रममा कवि सुमिनाले कवि र कविताबीचको दूरी, पक्षधरता र लेखनको उदेश्य गरी तीन बुँदामा आफ्ना लेखकीय मन्तव्य प्रस्तुत गरेकी थिइन् ।