अमेरिकालाई चीनकाे चेतावनी : ‘शीतकालीन ओलम्पिक बहिष्कार गरे मूल्य चुकाउनु पर्नेछ’

काठमाण्डाै – अमेरिकाले आउँदो वर्ष चीनको बेइजिङमा हुने शीतकालीन ओलम्पिकलाई कुटनीतक रूपमा बहिष्कार गर्ने घोषणापछि यसबारेमा चीनले प्रतिक्रिया दिएको छ ।  चीनको विदेश मन्त्रालयले अमेरिकाले यस गल्तीको मूल्य चुकाउनु पर्ने बताएको छ । चीनको विदेश मन्त्रालयले अमेरिकाको यो घोषणालाई षड्यन्त्र भन्दै सफल नहुने बताएको हो ।  चीनले अघि भनेको छ, ‘यसबाट केवल दुई देशबीचको द्विपक्षीय कुराकानी र विभिन्न क्षेत्रमा हुँदै आएको सहयोगमा क्षति पुग्नेछ ।’ यसका साथै चीनले जवाफी कारबाहीको चेतावनी दिएको छ ।  ...

सम्बन्धित सामग्री

रुसले ओलम्पिक चलिरहेको बेलामा समेत युक्रेनमा आक्रमण गर्न सक्ने अमेरिकाको चेतावनी

अमेरिकाका परराष्ट्रमन्त्री एन्टोनी ब्लिन्केनले युक्रेनमाथि अमेरिकाको आक्रमण कुनै पनि बेलामा हुन सक्ने बताएका छन् ।  चीनको बेइजिङमा शीतकालीन ओलम्पिक चलिरहेको बेलामा समेत आक्रमण हुन सक्ने उनको भनाइ छ ।  युक्रेन सीमामा रुसले थप सैनिक तैनाथ गरेको बताउँदै उनले ओलम्पिक चलिरहेको बेलामा समेत आक्रमण हुन सक्ने चृतावनी दिएका हुन् ।  आफ्नो साझेदार चीनको मन राख्नका लागि बेइजिङ ओलम्पिकसम्म मस्कोले धैर्य गर्ने सुझावलाई ब्लिन्केनले बेवास्ता गरेका छन् ।

रुसले कतिबेला आक्रमण गर्छ आफूलाई थाहा भएको युक्रेनी सैन्य अधिकृतको दाबी

युक्रेनका लेफ्टिनेन्ट जनरल अलेक्जेन्डर पाव्ल्युकले आफ्नो देशमा रुसी आक्रमण फेब्रुअरी २० मा हुन सक्ने दाबी बेलायती पत्रिका द टाइम्समा गरेका छन् ।  त्यो दिन बेइजिङमा आयोजित शीतकालीन ओलम्पिक सकिन्छ । पाव्ल्युकले उक्त मितिबाट आफूहरू चिन्तित रहेको बताए । चीनले आयोजना गरेको विश्वव्यापी खेलकुद प्रतियोगितालाई रुसले भाँजो हाल्ने गरी युक्रेनमा आक्रमण नगर्ने पाव्ल्युकको भनाइ छ ।  युक्रेनीहरू रुसीलाई हातैले किचिपिची पार्न तयार रहेको भनी पाव्ल्युकले चेतावनी समेत दिएका छन् । आफूले सैन्य सहयोग नपाएको र रुसविरुद्ध प्रतिबन्ध पनि नल...