‘एक खाता, एक बिरुवा’अन्तर्गत एनआइएमबीको वृक्षरोपण

काठमाडौं। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले ‘एनआईएमबी ग्रिन फ्यूचर सेभिङ एकाउन्ट’अन्तर्गतको ‘एक खाता, एक बिरुवा’ अभियानले वृक्षरोपण कार्यक्रम शुरू गरेको छ । यो खाता खोल्ने ग्राहकको नाममा एक बिरुवा रोप्ने र त्यसको संरक्षण गर्ने बैंकले जानकारी दिएको छ । बैंकले लुम्बिनी वल्र्ड पिस फोरमसँग सहकार्य गरी टोखा नगरपालिका–२ मा ५०० ओटा बिरुवा रोपी यस अभियानको शुरुआत गरेको हो । यस खाताको मुख्य उद्देश्य ग्राहकलाई भविष्यका लागि बचत गर्न प्रोत्साहित गर्नुका साथै वातावरण संरक्षणमा पनि योगदान पुर्‍याउनु रहेको बताइएको छ । ५०० रुपैयाँमा खोल्न सकिने यस खातामा ग्राहकले आकर्षक ब्याजदर, ग्रिन पिन कार्ड सुविधा, नि:शुल्क चेक बुक, पहिलो वर्षका लागि नि:शुल्क डेबिट कार्ड तथा मोबाइल बैंकिङ, नि:शुल्क इन्टरनेट बैंकिङ सुविधा उपलब्ध हुने बताइएको छ । साथै बैंकले ‘इको फ्रेण्ड्ली लोन’लाई प्राथमिकतामा राखेर प्रोसेसिङ फिमा २५ प्रतिशत छूट दिइने बैंकको भनाइ छ ।