भारतीय सुरक्षाकर्मीले तुइन काट्दा महाकालीमा नेपाली युवा खसेकोबारे सांसदहरुले गरे प्रश्नको वर्षा, गृहमन्त्री खाँड भन्छन्–छानबिन हुँदैछ

काठमाडौं, साउन १८ । गृहमन्त्री बालकृष्ण खाँडले महाकाली नदीमा एक नेपाली युवा तुइनबाट खस्दा बेपत्ता भएको जानकारी राष्ट्रिय सभाको बैठकमा दिनुभएको छ । खाँडले तुइनबाट खसेर युवा नदीमा बेपत्ता भएको र खोजी जारी रहेको बताए पनि सांसदहरुले भने उक्त घट्ना भारतीय सुरक्षाकर्मीले तुइनको लठ्ठा काट्दा भएकाले सरकारसँग प्रष्ट जवाफ मागेका थिए । गृहमन्त्री खाँडले भने […]