साना बजारमा दसैँको रौनक, ब्राण्डेड पसल र सपिङ मल अझै सुनसान

कोरोना संक्रमण सुरु भएसँगै नेपालमा आक्रामक रूपमा उत्रिएका ई-कमर्स व्यवसायका कारण पनि यस्ता बुटिक र सपिङ सेन्टरको व्यापार घटेको देखिन्छ । सामान किन्न कोरोनाको जोखिम मोलेर बजार नै धाउनुभन्दा वेबसाइटमा खोजी गर्न सहज हुने भएकाले पनि उनीहरू भौतिक रूपमा सपिङ गर्न बाहिरिएका छैनन् ।