नेपालगञ्जमा छाडा चौपायाको व्यवस्थापनमा चुनौती

नेपालगञ्ज बजारमा छाड्ने गरिएका पशु चौपाया नेपालगञ्ज उपमहानगरपालिकाका लागि व्यवस्थापन गर्न चुनौतीको विषय बनेको छ । गाई, साढे, सुँगुर, खच्चर, गधा र भुस्याहा कुकुर नेपालगञ्जको मुख्यमुख्य चोकमा मात्र होइन गल्लीगल्लीमा देख्न सकिन्छ ।    दुई वर्षअघि नेपालगञ्जका छाडा चौपाया दैलेखमा छाड्न लगिँदा गाई, गोरु बाटोमै मरेपछि नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारी अदालती मुद्दाको तारेख बोक्ने अवस्थासम्म पुगेका थिए । यो घटनाअघि पनि बाँके राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा छाडा चौपाया