त्रिकोणात्मक सिरिजमा नेपालले आज ओमनको सामना गर्दै, कप्तान मल्ल भन्छन् : उत्साहित छौं

काठमाडौं : विश्वकप लिग २ अन्तर्गतको नेपाल, ओमन र अमेरिका सम्मिलित त्रिकोणात्मक एकदिवसीय सिरीज आजबाट सुरु हुँदैछ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आज नेपालले ओमनसँग खेल्दैछ। नेपाल आजको खेलमा जित निकाल्दै लिगमा सुखद सुरुवात गर्न चाहन्छ। कप्तान ज्ञानेन्द्र मल्ल तयारी राम्रो रहेकाले दवाब लिनेभन्दा पनि खेलका लागि उत्साहित भएको बताउँछन्। ‘हाम्रो तयारी