‘प्रधानमन्त्री कार्यालयमा सीसीटीभी जडान गरेर राष्ट्रिय गाैरवका आयाेजनाकाे प्रगति हेर्नुपर्छ’

काठमाण्डौ – राज्यमन्त्री उमेश श्रेष्ठले सरकार सञ्चालन प्रणालीको कमजोरीका कारण राष्ट्रिय गौरवका आयोजना समयमै नसकिएको दाबी गर्नुभएको छ ।  आज बुधवार बसेको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा राज्यमन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो । उहाँले सरकारको नीति, नियमको प्रणालीमा भएको कमजोरीले समयमै काम नसकिने गरेको बताउनुभयो ।  राज्यमन्त्री श्रेष्ठले नीति, नियमको कमजोरीका साथै ढिलासुस्ती र ठेकेदारको काममा ढिलाइ हुँदा यो अवस्था सिर्जना भएको बताउनुभयो । राष्ट्रिय गौरवका आयोजनाले देशको उन्नति, प्रगतिलाई टेवा...