रुसलाई सैन्य सहयोग नगर्न चीनलाई अमेरिकाको आग्रह

रुस–युक्रेन युद्धका विषयमा अमेरिका र चीनका राष्ट्रपतिबीच कुराकानी भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ समकक्षी सी जिन पिङबीच गएराति भिडियो कुराकानी भएको हो । अमेरिकी राष्ट्रपतिले चिनियाँ समकक्षीसँग गरेको संवादलाई अन्तर्राष्ट्रिय वृत्तमा महत्त्वका साथ हेरिएको छ । कुराकानीमा राष्ट्रपति सीले विश्व शान्ति तथा सुरक्षाको विषय सबैको साझा जिम्मेवारी भएको बताउनुभएको छ । जवाफमा अमेरिकी राष्ट्रपति बाइडेनले रुसलाई सैन्य सहयोग नगर्न आग्रह गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । चीनले अहिलेसम्म रुसले ...