उपत्यकाको फोहोर उठ्नै छाड्यो (फोटो फिचर)

काठमाडौं : काठमाडौं उपत्यकाको फोहोर पछिल्लो सातादेखि उठ्न छोडेको छ। फोहोरको दुर्गन्धले सर्वसाधारण आक्रान्त भए पनि काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापन गर्न सकेको छैन।अहिले नयाँ बानेश्वर,बत्तीसपुतलीलगायत सडकमा फोहोर थुप्रिन थालेको छ। समयमा फोहोर नउठ्दा दुर्गन्ध फैलिएको भन्दै तत्काल फोहोर व्यवस्थापन गर्नुपर्ने माग सर्वसाधारणको छ।केही तस्वीर झलक :