विदेशबाट फर्किएकाको पुनः एकीकरणका लागि नेपाललाई स्वीजरल्याण्डको ८६ करोड १३ लाख सहयोग

काठमाण्डौ – वैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरूको पुनः एकीकरण परियोजनाका लागि स्वीजरल्याण्ड सरकारले नेपाललाई ८६ करोड १३ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ ।  वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकलाई समाजमा आर्थिक, सामाजिक र राजनीतिक रूपमा पुनः एकीकरण गराउनका लागि सहयोग गर्ने उद्देश्य रहेको ‘रिइन्ट्रिग्रेसन अफ रिर्टर्नी माइग्रान्ट वर्कर’ (रेमी ) परियोजनाको बुधबार एक कार्यक्रमकाबीच अर्थ मन्त्रालय र स्वीजरल्याण्ड सरकारबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।  सम्झौतामा नेपालकोतर्फबाट अर्थ मन्त्रा...