बाग्लुङमा थप दुई कोरोना संक्रमितको मृत्यु

बाग्लुङ : कोरोना संक्रमणबाट बाग्लुङमा थप दुईजनाको मृत्यु भएको छ। धौलागिरी अस्पतालमा उपचाररत एक महिला र एक पुरुषको मंगलबार मृत्यु भएको हो।स्वास्थ्य कार्यालयका कोभिड स्रोत व्यक्ति देवप्रकाश घिमिरेका अनुसार काठेखोला गाउँपालिका–८ का ७९ वर्षीय पुरुषको मंगलबार बिहान ३ बजे मृत्यु भएको हो। त्यस्तै, बडीगाड गाउँपालिका–४ की ७७ वर्षीया महिलाको पनि मंगलबार बिहानै मृत्यु भएको हो। होम आइसोलेसनमा बस्दा स्वास्थ्यमा जटिल समस्या आएपछि उनीहरु अस्पताल भर्ना भएका थिए।

सम्बन्धित सामग्री

थप २ कोरोना संक्रमितको मृत्यु

थप कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचाररत दाङ र सल्यानका दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

हेटौंडामा दुई कोरोना संक्रमितको मृत्यु

हेटौंडामा दुई कोरोना संक्रमितको मृत्यु भएको छ । आइतबार राती ९ बजे हेटौंडा र सोमबार बिहान ६:२२ बारा निवासी पुरुषको कोरोना संक्रमितका कारण मृत्यु भएको हेटौंडा अस्पतालले जनाएको छ ।  अस्पतालको...

टेकू अस्पतालमा ३ कोरोना संक्रमितको मृत्यु

काठमाडौं। टेकू अस्पतालको आइसीयूमा उपचाररत तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ। अस्पतालका प्रमुख कन्सल्ट्यान्ट डा. अनुप बाँस्तोलाले पछिल्लो २४ घण्टामा तीन जना कोरोना संक्रमितको मृत्यु भएको बताए। आईसीयूमै उपचारत कोरोना संक्रमितको मृत्यु भएपछि थप तनाव सिर्जना भएको उनको भनाइ छ। अहिले १८ जनाको आईसीयूमा उपचार भइरहेको छ। २० बेडको आइसीयूमा अहिलेसम्म उपचारपछि डिस्चार्ज गर्दै नयाँ विरामीको उपचार भइरहेको छ।