धनगढी : राष्ट्रव्यापी चुनावी प्रचारप्रसार प्रारम्भ गर्न एक साताअघि सुदूरपश्चिम आएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फेरि चुनावी सभा सम्बोधन गर्न आज सुदूरपश्चिम पुगेका छन्।शनिबार बिहान १२ बजे ओली सुदूरपश्चिमको अस्थायी मुकामसमेत रहेको कैलालीको धनगढी ओर्लिएका हुन्। श्रीएयरलाइन्सको विमानबाट ओली धनगढी आएका छन्।अध्यक्ष ओली दुई जिल्लाका तीन चुनावी सभालाई सम्बोधन गर्न सुदूरपश्चिम आएको एमाले प्रदेश सचिव धर्मराज पाठकले जानकारी दिए। उनका अनुसार आज केहीबेरमै डोटीको दिपायलमा ओलीले चुनावी सभालाई सम