एनआरएनए इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले आफ्ना लगानीकर्तालाई ५.२६ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई उक्त नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।चुक्ता पूँजीको ५.२६ प्रतिशतले हुन आउने ६ करोड ४३ लाख ४० हजार ९३५ रूपैयाँ नगद लाभांश वितरण गर्न लागेको जानकारी दिएको छ । सञ्चालक समितिको बैठकले गरेको प्रस्ताव कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।एनआरएनएले वितरण गर्न लागेको लाभांश पुस ४ गतेसम्म कायम रहेका सेयरध