लघुवित्त क्षेत्रको स्थायित्वका लागि संस्थागत सुशासन

नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गका इजाजतपत्रप्राप्त लघुवित्त संस्थाले पालना गर्नुपर्ने संस्थागत सुशासनसम्बन्धी निर्देशनहरू जारी गर्छ । लघुवित्त संस्थाले ती निर्देशनको अनुपालना गर्दछन् । यसअन्तर्गत शेयरधनी, सञ्चालक र सञ्चालक समिति, कार्यकारी प्रमुख, कर्मचारी, आन्तरिक समिति/उपसमिति लगायत सबैको काम, कर्तव्य, जवाफदेही, उत्तरदायित्वलगायत विषयलाई समेटिएका हुन्छन् । संस्थागत सुशासनले संस्थाभित्र रहेको मानवीय संसाधनलाई नियमकानूनको परिधिभित्र रहेर कार्यक्रमलाई उद्देश्यमूलक बनाउन अत्यन्त महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले लघुवित्त क्षेत्रलाई स्थायित्व प्रदान गर्न सहयोग पुर्‍याउँछ । संस्थागत सुशासनसँग सम्बद्ध निर्देशनको अनुपालनाले लघुवित्त वित्तीय संस्थालाई नियामक निकायप्रति उत्तरदायी बनाउँछ । दोस्रो विश्व युद्धपछि अमेरिकाले संस्थागत सुशासनको अवधारणालाई अवलम्बन गरेकै कारण उल्लेख्य आर्थिक वृद्धि प्राप्त गरेको थियो । त्यसपछि विकसित मुलुकहरूले संस्थागत सुशासनको अवधारणालाई अवलम्बन गर्दै आए । सन् २००८/०९ मा कमसल धितोलगायत कारण उत्पन्न वित्तीय संकटले वित्तीय क्षेत्रलाई नै धराशयी बनायो । तत्कालीन समयमा केही विकसित देशका वित्तीय संस्थामा संस्थागत सुशासनको अभावले गर्दा शुरू भएको वित्तीय संकटले विश्वव्यापी रूपमा नै असर पारेको निष्कर्षसहित पछिल्लो समय विश्वका सबै देशले संस्थागत सुशासनको अवधारणालाई अवलम्बन गरेको पाइन्छ । यसभित्र उत्तरदायित्व, जवाफदेही, पारदर्शिता, स्वतन्त्रता, निष्पक्षता, गोपनीयता, खुलासा, कानूनको पालनालगायत सिद्धान्तलाई समेटिएको हुन्छ । सैद्धान्तिक रूपमा शेयरधनीले साधारणसभामार्फत व्यावसायिक दक्षता भएको सञ्चालक समिति र लेखापरीक्षकको चयन गर्छन् । यसरी चयन भएको सञ्चालक समितिले नियामक निकायबाट जारी भएका निर्देशनको परिधिभित्र रहेर संस्थाका लागि आवश्यक नीति निर्देशनहरू निर्माण गर्छन् । संस्थाको दैनिक कार्यमा हस्तक्षेप नगर्ने, सीमित ऋणी तथा बचतकर्तामा अधिकेन्द्रित नहुने, कर्जा लगानीमा निष्पक्षता र नीतिगत व्यवस्थाको पालना गर्ने, सबल आन्तरिक नियन्त्रण प्रणालीलाई क्रियाशील बनाउने आदि व्यवस्थाले वित्तीय संस्थालाई बलियो र प्रतिस्पर्धी बनाउँछ । क्याडबरी आयोग, विश्व बैंक, आईएमएफ, ओईसीडीलगायतले संस्थागत सुशासनका लागि शेयरधनी, सञ्चालक र उच्च व्यवस्थापनलाई बढी जिम्मेवार बनाएको पाइन्छ । बैंकिङ क्षेत्रमा अधिकांश अनियमितता यही वर्गबाट हुने गरेको र संस्थागत सुशासनको अनुपालना नभएकै कारण संस्था धराशयी बनेका कयौं उदाहरणहरू पाइन्छ । नेपाल विकास बैंक लि., गोर्खा विकास बैंक आदि यसका उदाहरण हुन् । विधिको शासनमार्फत कार्यसम्पादनमा जवाफदेहिता ल्याउने भएकाले निजी तथा सार्वजनिक संघसंस्थामा संस्थागत सुशासनको महत्त्व रहेको हुन्छ । बैंक तथा वित्तीय संस्थामा सर्वसाधारणको पूँजीको अंश उल्लेख्य रहने भएकाले यी संस्थामा संस्थागत सुशासनको झनै ठूलो महत्त्व रहने गर्छ । यसका लागि विभिन्न कानुनहरू बनेका छन् । संस्थामा सञ्चालक समितिलगायत विभिन्न समिति/उपसमितिहरूको गठन गर्ने, आचारसंहिता निर्माण गरी त्यसको पालना गर्ने, संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी व्यवस्था, कर्मचारीको दक्षता अभिवृद्धिलगायत व्यवस्थालाई संस्थागत सुशासनभित्र समेटिएको हुन्छ । सञ्चालक समितिले आवश्यकताअनुसार निर्माण गर्ने नीति, निर्देशिकाहरू र निर्णयहरू दक्ष र अनुभवी व्यवस्थापन/कर्मचारीमार्फत कार्यान्वयनमा ल्याउन सकेमा मात्र संस्थाले निर्धारित लक्ष्य प्राप्त गर्न सक्छ । संस्थागत सुशासनले सेवाग्राहीको सन्तुष्टि र आवश्यकताको परिपूर्तिलाई उच्च प्राथमिकतामा राख्ने भएकाले सेवाग्राहीलाई संस्थासँग आबद्ध गराइराख्न सहयोग पुर्‍याउँछ जसले लघुवित्त क्षेत्रको स्थायित्वलाई बलियो बनाउँछ । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाको संस्थागत सुशासनको अवस्थालाई नजिकबाट नियाल्ने र अनुपालनाका लागि निरन्तरता दिने गर्छ । बैंकका अनुसार संस्था सञ्चालनका लागि आवश्यक पर्ने कार्यविधिहरू तर्जुमा नगर्नु, तोकिएको समयभित्र सञ्चालक, प्रमुख कार्यकारी अधिकृत, कर्मचारीहरूसँग सम्बद्ध विवरणहरू अद्यावधिक नगर्नु, आन्तरिक समिति/उपसमितिको गठन र तोकिएबमोजिम बैठक नबस्नु, कोरोना भाइरसजस्ता महामारीको परिस्थितिमा भिडियो/टेलिकन्फरेन्सको माध्यमबाट समिति/उपसमितिको बैठक सञ्चालन गर्न नसक्नु/नगर्नु, विनियमावलीले निर्धारण गरेको शैक्षिक योग्यता र कार्यानुभव भएका सञ्चालक नियुक्त गर्ने कार्यले निरन्तरता नपाउनु, निर्धारीत आचारणको पालना नगर्नु, तोकिएको सीमाभन्दा बढी शेयर धारण गर्ने शेयरधनीहरू कर्मचारीका रूपमा संस्थामा कार्यरत रहनु, सञ्चालक समितिको अध्यक्षले कार्यकारी प्रमुखको भूमिकामा कार्य गर्नुलगायत संस्थागत सुशासनसम्बन्धी विषयहरू रहेका छन् । संस्थागत सुशासनसँग सम्बद्ध उल्लिखित कैफियतहरूका कारण लघुवित्त वित्तीय संस्थाहरूको सञ्चालन अवस्था कमजोर रहेको पाइन्छ । लघुवित्त संस्थाको करीब ८० प्रतिशत कार्य फिल्ड तहमा सम्पन्न हुने गर्छ । विभिन्न अध्ययन तथा प्रतिवेदनले संस्थागत सुशासनको सन्दर्भमा शेयरधनी, सञ्चालक र उच्च व्यवस्थापनलाई बढी जिम्मेवार बनाएको भए तापनि पछिल्लो समय लघुवित्त क्षेत्रमा फिल्डस्तरमा कर्मचारीवर्गबाट कर्जासँग सम्बद्ध विभिन्न अनियमिताका घटनाहरू सार्वजनिक हुन थालेका छन् । नीतिगत व्यवस्थाको पालनातर्फ भन्दा संस्थाबाट निर्धारण गरिएका लक्ष्य प्राप्तिलाई महत्त्व दिने प्रवृत्ति लघुवित्त क्षेत्रमा रहेको देखिन्छ । आन्तरिक नियन्त्रण प्रणालीलाई प्राथमिकतामा नराख्ने र नीतिगत व्यवस्थाको पालना गर्नेतर्फ भन्दा अस्वस्थ्य प्रतिस्पर्धाले प्रश्रय पाइराहेका कारण भुक्तानी तालिकाअनुसार कर्जा असुली कार्य समयमै हुन नसकी संस्थामा निष्क्रिय कर्जाका अंश बढ्दै गएकाले कर्जाको गुणस्तर कमजोर हुने क्रम बढ्दै गएको देखिन्छ । यस्ता क्रियाकलापले लघुवित्त क्षेत्रप्रति सर्वसाधारणको विश्वासमा कमी आई भविष्यमा यस क्षेत्रको स्थायित्वतर्फ नै धक्का लाग्न सक्ने अवस्था नआउला भन्न सकिंदैन । यसरी संस्थागत सुशासन कमजोर हुँदा संस्थामा प्रणालीगत समस्या उत्पन्न भई संस्था नै धराशयी हुनसक्ने भएकाले सबै तहका सरोकारवालाले संस्थागत सुशासनको अवधारणालाई सुदृढ गर्नेतर्फ लाग्नुपर्ने देखिन्छ । लेखक लघुवित्त क्षेत्रसम्बन्धी जानकार व्यक्ति हुन् ।

सम्बन्धित सामग्री

संस्थागत सुधारमा कोहलपुर नगरपालिकाको छलाङ

नेपालगञ्ज – बाँकेको कोहलपुर नगरपालिकाले संस्थागत सुधारमा छलाङ मारेको छ। स्थानीय संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा गत वर्ष आफैंले प्राप्त गरेको अंकमा थप सुधार गर्दै सुशासनमा छलाङ मारेको हो। कोहलपुर नगरपालिकामा नगर प्रमुख पूर्णप्रसाद आचार्य नेतृत्वको जनप्रनिधिको टिम आएपछि लिजामा कोहलपुर नगरपालिकाले आफ्नो अंक सुधार गर्दै संस्थागत सुधारमा छलाङ मारेको हो। आर्थिक वर्ष २०७९-०८० मा […]

‘गणतन्त्रका आधारस्तम्भ संस्थागत भए’

संविधानको धारा ९५ को २ अनुसार शुक्रबार संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले संघीय लोकतान्त्रिक गणतन्त्रका आधारस्तम्भहरू संस्थागत भएको बताएकी हुन्।...

‘गणतन्त्रका आधारस्तम्भ संस्थागत भए’

संविधानको धारा ९५ को २ अनुसार शुक्रबार संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले संघीय लोकतान्त्रिक गणतन्त्रका आधारस्तम्भहरू संस्थागत भएको बताएकी हुन्।...

गणतन्त्रलाई अझै संस्थागत गर्नु जरुरी

काठमाडौँ,१५ जेठ । सुशील कोइराला मेमोरियल फाउण्डेशनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अझै संस्थागत गर्नुपर्नेमा जोड दिएको छ । गणतन्त्र दिवसका अवसरमा फाउण्डेशनद्वारा आज जारी विज्ञप्तिमा सहीरुपमा गरिने लामो अभ्यासले नै लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने भएकाले यसतर्फ सबैको ध्यान जानुपर्ने उल्लेख गरिएको छ । फाउण्डेशनका अध्यक्ष एवं नेपाली कांग्रेसका पूर्व महामन्त्री डा शशाङ्क कोइराला र सदस्य सचिव […]

संस्थागत श्रम स्वीकृति पनि अब अनलाइनबाट मात्र हुने

वैदेशिक रोजगार कार्यालय काठमाडौंले संस्थागत श्रम स्वीकृतिको काम अनलाइन प्रणालीबाट मात्र जारी हुने व्यवस्था गरेको छ । कार्यालय प्रमुख रमेश अर्यालले आउँदो २ वैशाखदेखि अनलाइन प्रणालीबाट मात्र संस्थागत श्रम स्वीकृति दिने निर्णय गरिएको बताए । कार्यालयले पुनः श्रम स्वीकृति, संस्थागत श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको काम गर्दै आएको छ । संस्थागत श्रम स्वीकृतिका लागि […]

संस्थागत श्रम स्वीकृति पनि अनलाइनबाट मात्र हुने

काठमाडौं : वैदेशिक रोजगार कार्यालय काठमाडौंले अब संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्र जारी हुने व्यवस्था गरेको छ। वैदेशिक रोजगार कार्यालय प्रमुख रमेश अर्यालले आगामी वैशाख २ गतेदेखि अनलाइन प्रणालीबाट मात्र संस्थागत श्रम स्वीकृति दिने निर्णय गरिएको बताए।कार्यालयले पुनः श्रम स्वीकृति, संस्थागत श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको काम गर्दै आएको छ। संस्थागत श्रम स्वीकृतिका लागि म्यानपावर व्यवसायी वा उनीहरुका प्रतिनिधि कार्यालयमा आउने गरेकोमा यो व्यवस्थासँगै कार्यालयमा भौतिक उपस्थ

संस्थागत भ्रष्टाचार र बेरुजु

भ्रष्टाचार संस्थागत रूपमै सुसंगठित भयो भनी सर्वत्र अलोचना हुँदै आएको छ । तथापि, भ्रष्टाचार नियन्त्रण हुन सकेको छैन । नियन्त्रण गर्ने प्रमुख निकाय अख्तियारले नै राज्यको लाचार छाया बन्नुपर्दा छानबिनमा परेका अधिकांश घटनाको कानुनी रूपमा किनारा लाग्न सकेको छैन । राज्य नै भ्रष्टाचारको संरक्षक बन्ने प्रवृत्ति मौलाउँदै आउँदा अख्तियारको काम कार्य पनि प्रभावित बन्दै आएको […] The post संस्थागत भ्रष्टाचार र बेरुजु appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

कञ्चनपुरमा संस्थागत आइसोलेशनमा जोड

कञ्चनपुर । कञ्चनपुरमा होम आइसोलेशनमा बस्नेहरुमा झन संक्रमण र मृत्यु दर बढेको भन्दै संस्थागत आइसोलेशनमा जोड दिईएको छ । तेस्रो लहरको तयारी गरिरहँदा सरोकारवालाहरुले संस्थागत आइसोलेशनमा जोड दिइएका हुन् । दोस्रो चरणको संक्रमणको व्यवस्थापन राम्रोसंग हुन नसकेले संक्रमण र मृत्युदर बढेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । पहिलो चरणमा भारतलगायतका विदेशी भूमिबाट आएकाहरुलाई छुट्टै संस्थागत […]

संस्थागत अभिकर्ता बढाउन छुट्टै निर्देशिका

बिमा समितिले संस्थागत अभिकर्ता लाइसेन्सलाई व्यवस्थित गर्नका लागि छुट्टै निर्देशिका जारी गरेको छ । ‘संस्थागत बिमा अभिकर्ता सम्बन्धी निर्देशिका, २०७८’ जारी गर्दै समितिले कम्पनी तथा संस्थालाई अभिकर्ताको लाइसेन्स दिने व्यवस्था गरेको हो । तर, संस्थागत अभिकर्ता हुन चाहने संस्था कुनै खास प्रकारको व्यवसाय गर्ने रहेछ र त्यसको लागि कुनै निकायको इजाजतपत्र आवश्यक पर्ने रहेछ भने […]

बुक बिल्डिङका लागि थपिए संस्थागत लगानीकर्ता

बुक बिल्डिङ विधिमा ५ वटा नयाँ संस्थागत लगानीकर्ता थपिएका छन् । धितोपत्र बोर्डका अनुसार थप ५ वटा संस्थागत लगानीकर्तालाई स्वीकृति प्रदान गरिएको हो ।बोर्डका अनुसार थपिएका संस्थागत लगानीकर्तामा सीबीआइएल क्यापिटल लिमिटेड, सिटिजन्स म्यूचुअल फन्ड–१, सिटिजन्स म्यूचुअल फन्ड–२, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिेट र कुमारी इक्विटी फन्ड छन् ।बोर्डले यसअघि ७४ वटा संस्थागत लगानीकर्तालाई स्वीकृति दिइसकेको […]