ओलीलाई गगनको प्रश्न : आफ्नो उपचारमा सरकारी ढुकुटी रित्याएको बिर्सेको?

काठमाडौं : नेपाली कांग्रेसका नेता गगन थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो उपचारमा सरकारको ढुकुटी रित्याएको किन बिर्सेको? भन्दै प्रश्न गरेका छन्। बिहीबारको प्रतिनिधि सभा बैठकमा थापाले भने, साउन २६ गते ओलीले प्रतिपक्षी दलको भूमिकामा बोल्नुभयो। उहाँलाई प्रतिपक्षी भूमिकामै सुहाउने रहेछ। तर, सम्बोधनमा उहाँको आक्रोश, कुण्ठा, अहंकार स्पष्ट देखिन्थ्यो।’ कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतको भूमि फिर्ता ल्याउन सिंगो संसद्ले साथ दिएर संविधान संशोधन गर्दासमेत ओलीले केही गर्न नसकेक