काठमाडौं। निर्वाचन आयोगले मतदाता नामावलीसम्बन्धी प्रणाली पूर्ण सुरक्षित रहेको जनाएको छ। आयोगको वेबसाइटमा अनधिकृत प्रवेश गरी मतदाता नामावलीसम्बन्धी सूचना फेला पारेको भनी सामाजिक सञ्जालमा आएका दाबीप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। आयोगले सूचना प्रणाली पूर्ण सुरक्षित रहेको पनि विज्ञप्तिमार्फत जनाएको छ। कानुनबमोजिम गोप्य राख्नुपर्ने नागरिकका सूचनाको पूर्ण सुरक्षाका लागि आयोग प्रतिबद्ध रहेको मंगलबार जारी […]
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शङ्कर पोखरेलले प्रतिनिधिसभा पुनःस्थापना गरी लोकतन्त्रलाई सही दिशामा अगाडि बढाउन सकिने धारणा राखेका छन् । एमालेको विघटित संसदीय दलको बैठकलाई आज ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा सम्बोधन गर्दै उनले विगतमा सर्वोच्च अदालतले गरेका फैसला र नजिरले पनि संसद् पुनःस्थापना आवश्यक देखिएको बताए । महासचिव पोखरेलले गत भदौ २३ […]
काठमाडौं – युएईमा यही मङ्सिर ५ गते (नोभेम्बर २१) देखि सुरु हुन लागेको एसिसी यु–१९ प्रिमियर कप क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टोलीको आज बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज काठमाडौँमा आयोजित एक कार्यक्रममा अध्यक्ष चतुरबहादुर चन्दले खेलाडीहरूलाई राष्ट्रिय झण्डा प्रदान गर्दै बिदाइ गरे । उनले नेपाली खेलाडी कुनै […]