एमसीसीको विरोध गर्न लगाएर हाम्राे पार्टीलाई सरकारबाट फाल्ने कुचेष्टा भयाे : माधव नेपाल

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनबाट आफ्नो पार्टीलाई बाहिर निकाल्ने षड्यन्त्र भइरहेको दाबी गर्नुभएकाे छ । आज सोमवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले गठबन्धनलाई कमजोर पार्नका लागि आफ्नो पार्टीलाई बाहिर निकाल्ने काम भइरहेको बताउनुभयो । गठबन्धन बनाउने काममा आफूहरूले नै भूमिका खेलेकाे भन्दै उहाँले गठबन्धन पनि आफूहरूले नै जोगाउनुपर्ने बताउनुभयो । अनुचित कुराका विरुद्धमा सङ्घर्ष गर्ने र नयाँ स्तरको उन्नत कम्युनिस्टहरूको एकता कायम गर्दै अघि बढ्ने नीति आ...

सम्बन्धित सामग्री

एमसीसीको विरोधमा प्रहरीले दमन गर्यो, घाइतेको उपचार गर्न माग गर्छु : माधव नेपाल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसीको विरोधमा भएको प्रदर्शनका क्रममा प्रहरीबाट भएको दमनको विरोध गरेका छन्। उनले संसदमा पेश भएको एमसीसीको विरोध र समर्थन जे पनि हुने अधिकार रहेको भन्दै यसो गर्नु लोकतान्त्रिक अधिकार रहेको बताए। उनले विरोधका क्रममा घाइते भएकाहरुको उपचार गर्न सरकारसँग माग गरेका छन्। साथै उनले असहमति र विरोधकाबीच एमसीसी संसदमा टेबुल भएको जिकिर गरेका छन्। आइतबार बिहान बसेको सत्तारुढ गठबन्धन बैठकमा एमसीसी टेबल गर्ने सहमति गरेर फर्किएका

सरकार जेसुकै होस्, एमसीसी समर्थन गर्दैनौँ : माधव नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले एमसीसीमा आफूहरूको समर्थन नहुने बताएका छन् । आज (आइतबार) संसद् बैठकपछि संवाददाताहरूसँग कुरा गर्दै नेपालले एमसीसी पास गर्न आफूहरूको समर्थन नहुने बताएका हुन् । ‘एमसिसीमा हाम्रो समर्थन छैन,’ उनले भने,‘सरकारले जसरी पनि लान खोजे सरकार जे हुन्छ, हुन्छ।’ समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि ‘एमसीसीको विरोध […]

एमसीसीको विषयले सत्ता गठबन्धनमा खटपट

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्ने विषयले सत्ता गठबन्धनमा हलचल मच्चिएको छ । प्रधानमन्त्री शेर बहादुर देउवा तत्काल एमसीसी पास गर्ने पक्षमा उभिनुभएको छ भने माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहाल ‘प्रचण्ड’ र एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाल यसको विपक्षमा देखिनु भएको छ । सार्वजनिक रुपमा एमसीसीको विरोध गर्ने गरेपनि प्रचण्ड र नेपालले पनि […]