रोकिएन नेप्सेको पहिरो, मंगलबार थप ७० अंकको गिरावट

काठमाडौं । गत हप्ता देखिनै निरन्तर ओरालो यात्रामा रहेको सेयर बजार परिसूचक नेप्सेको पहिरो आज मंगलबार पनि जारी रहेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक थप ७०.०१ अंकले घटेर २६ सय १५.४० विन्दुमा झरेको हो । गत सोमबार नेप्से अधिकतम परिसूचक अधिकतम् ७३.०५ अंकले घट्दै २६ सय ८५.४१ विन्दुमा अड्किएको थियो । नेप्सेका अनुसार आज ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत अधिकतम् ११.४२ अंकले घट्दै ४९४.९१ विन्दुमा झर्न पुगेको छ । सबै उप–सूचकहरु ऋणात्मक भ