अभिनेता गोविन्दालाई कोरोना संक्रण

भारतीय चलचित्र अभिनेता गोविन्दालाई कोरोना संक्रमण पुष्टि भएको छ । अभिनेता गोविन्दाले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । अहिले उनी होम क्वारेन्टिनमा बसिरहेका छन् । कोरोना संक्रमणबाट बच्न सावधानी अपनाउँदा अपनाउँदै आफूलाई संक्रमण भएको गोविन्दाले बताएका छन्। उनको परिवारका सदस्य तथा स्टाफहरुलाई भने कोरोना नदेखिएको बताइएको छ।