कञ्चनजङ्घा संरक्षण क्षेत्रमा एक वर्षमा ३ सय ५९ जना पर्यटक भित्रिए

ताप्लेजुङ – आर्थिक वर्ष २०७८/०७९ मा ताप्लेजुङको कञ्चनजङ्घा संरक्षण क्षेत्रमा तीन सय ५९ जना पर्यटक भित्रिएका छन् । संरक्षण क्षेत्रभित्र प्राकृतिक, धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रको अवलोकनका लागि दुई सय २२ जना विदेशी, ६३ जना सार्क देशका र ७४ जना स्वदेशी पर्यटक भित्रिएका प्रमुख संरक्षण अधिकृत रमेशकुमार यादवले बताउनुभयो । गएको आर्थिक वर्ष २०७७/०७८ मा भने कोरोनाका कारण ६३ जना मात्र पर्यटक भित्रिएका थिए । संरक्षण क्षेत्रमा आउने पर्यटकहरू ओलाङचुङगोला, दिकिछ्योलिङ गुम्बा, घुन्सा र कञ्चनजङ्घा हिमालको अध्ययन अवलोकन गर्न पुग्ने...