जावलाखेलले मच्छिन्द्रलाई ३–१ गाेलले हरायाे

काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिग फुटबलमा साविक विजेता मच्छिन्द्र क्लब जावलाखेल युथ क्लबसँग पराजित भएको छ । त्रिपुरेश्वरकाे दशरथ रङ्गशालमा आइतवार भएकाे खेलमा जावलाखेलले मच्छिन्द्रलाई ३–१ गोलले हरायो । जावलाखेलका लागि हिबुस थपलिया, सिमान्त थापा र मोसाबीले गोल गरे । मच्छिन्द्रका देवेन्द्र तामाङले एक गोल फर्काए ।  यसअघि सातदोबाटोले एनआरटीलाई २–१ गोलले हराउँदा अर्काे खेलमा त्रिभुवन आर्मी क्लब र सङ्कटाले गोलरहित बराबरी खेलका थिए । ‘ए’ डिभिजन लिगको विजेताले उपाधिसहि...