पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै ६ विद्यार्थी सङ्गठन र 'नेकपा' द्वारा आन्दोलन घोषणा

काठमाण्डाै – ६ वटा विद्यार्थी सङ्गठन र विप्लव नेतृत्वको 'नेपाल कम्युनिस्ट पार्टी' ले इन्धनमा भएको मूल्य वृद्धि तत्कालै फिर्ता लिन आग्रह गरेका छन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले इन्धनमा भएको मूल्य वृद्धि विरुद्ध आन्दोलनका कार्यक्रमसमेत घोषणा गरेको छ । नेपाल आयल निगमले हिजाे बिहीवार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजल, मट्टीतेल, खाना पकाउने ग्यास र हवाई इन्धनको बढेको मूल्यवृद्धि खारेजीको मागसहित नेकपाले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । महासचिव नेत्रविक्रम चन्द विप्लवले ह...