सल्लाको खोटोबाट आम्दानी

घोराही (दाङ) – दाङमा पछिल्लो समय सल्लाको खोटोबाट आम्दानी बढ्दै गएको छ। खोटो बिक्री गरेर वन समूहले आम्दानी गर्न थालेपछि खोटो सङ्कलन गर्ने क्रम पनि बढेको हो। ०७९/८० मा जिल्लाका नौवटा समुदायिक वनबाट एक लाख सात हजार नौ सय सात केजी खोटो सङ्कलन भएर बिक्री हुँदा रु १२ लाख ९४ हजार सात सय चार आम्दानी […]

सम्बन्धित सामग्री

खोटो सङ्कलनबाट बढ्दो आम्दानी

दाङमा पछिल्लो समय सल्लाको खोटो निकाल्ने क्रम बढ्दै गएको छ । सल्लाको खोटो बिक्री गरेर वन समूहले आम्दानी गर्न थालेपछि पछिल्लो समय जिल्लामा खोटो सङ्कलन गर्ने क्रम बढेको हो । आर्थिक वर्ष २०७९/८० मा जिल्लाका नौ वटा समुदायिक वनबाट एक लाख सात हजार ९०७ केजी खोटो सङ्कलन भएर बिक्री हुँदा १२ लाख ९४ हजार ७८४ रुपियाँ आम्दानी भएको डिभिजन वन कार्यालय दाङका प्रमुख मोहन श्रेष्ठले जानकारी दिनुभएको छ ।

सल्लाको खोटोबाट राम्रो आम्दानी

दाङमा पछिल्लो समय सल्लाको खोटो निकाल्ने क्रम बढ्दै गएको छ । सल्लाको खोटो बिक्री गरेर वन समूहले आम्दानी गर्न थालेपछि पछिल्लो समय जिल्लामा खोटो सङ्कलन गर्ने क्रम बढेको हो ।

सामुदायिक वन समूह खोटो संकलन गर्दै

दाङ । दाङमा दश सामुदायिक वन समूहबाट सल्लाको खोटो संकलन गरिँदै छ । वन समूहबाट यस वर्ष करीब रू. ९ लाख ३९ हजार बराबरको ७८ हजार २५६ किलो खोटो संकलन गरिएको छ । डिभिजन वन कार्यालय घोराहीका सहायक वन अधिकृत खिमबहादुर केसीका अनुसार खरीद गर्ने कम्पनीले समूहबाट प्रतिकिलो रू. १२ र निकासी कर प्रतिकिलो रू. १२ राजस्व तिर्ने गरेका छन् । ‘वन समूहबाट वार्षिक रूपमा सल्लाको खोटो निकाल्ने काम भइरहेको छ,’ उनले भने । जिल्लाका पहाडी क्षेत्रमा रहेका सामुदायिक वन समूहले खोटो विक्री गरेर वार्षिक लाखौं आम्दानी गर्दै आएका छन् । तर बोक्रा ताछेर सल्लाको रूखबाट खोटो निकाल्दा रूख मर्न थालेका स्थानीयले बताएका छन् । वन समूहले खोटो बिक्री गरेर भएको आम्दानीबाट सामाजिक कार्यमा खर्च गर्ने गरेका बंगलाचुली गाउँपालिका–८ स्थित ओखलढुंगा सामुदायिक वन समूहका सचिव लोकबहादुर गाहामगरले जानकारी दिए । सो वन समूहले यस वर्ष करीब रू. दुई लाख ५० हजारको खोटो विक्री गरेको छ । उक्त वन समूहबाट दीपमाला रोजिन टर्पिनटाइन कम्पनी, बाँकेले प्रतिकिलो रू. १२ का दरले खोटो खरीद गर्दै आएको छ । वन समूहका सचिव गाहामगरका अनुसार ओखलढुंगा सामुदायिक वन समूहले यस वर्ष करीब २२ हजार पाँच सय किलो खोटो विक्री गरेको छ । वन समूहले अनुमति दिएपछि कम्पनीले खोटो संकलन गर्छ । खोटो मात्र निकाल्दा रूखलाई फरक नपर्ने भए पनि सुक्खा समयमा डढेलो लाग्दा रूखलाई असर गर्ने गरेको छ । त्यसैगरी वडा नं ८ कै गोगनपानी समुदायिक वन समूहले खोटो विक्री गरेर आम्दानी गर्ने गरेको वन समूहका अध्यक्ष मुक्तिराम गाहामगरले बताए । सल्लाको रूखबाट वैशाख–जेठदेखि मङ्सिर–पुससम्म खोटो संकलन गर्ने गरिन्छ । ‘चिसो मौसममा खोटो कम निस्किन्छ, गर्मी याममा खोटो संकलन गरिन्छ,’ उनले भने । बंगलाचुली–८ मा ओखलढुंगा, गोगनपानी र दैलेढुंगा सामुदायिक वन समूहले खोटो संकलन गर्दैआएका छन् । रासस

वन संरक्षण गर्न उपभोक्तालाई ग्यास चुलो

वन संरक्षण गर्न यहाँको शिवालय गाउँपालिका–१ को चुली सामुदायिक वन उपभोक्ता समूहले उपभोक्तालाई खाना पकाउने ग्यास र चुलो वितरण गरेको छ । समूहमा आबद्ध १ सय १५ घरधुरीलाई खाना पकाउने ग्यास दिइएको समूहका अध्यक्ष धनिराम रानाले जानकारी दिए । उक्त समूहले सल्लाको खोटो तथा अन्य पुर्जीबाट २१ लाखभन्दा बढी रकम आम्दानी भएपछि त्यहाँका उपभोक्तालाई खाना […]

खोटो बन्यो सामुदायिक वनको आम्दानी

दाङमा सामुदायिक वन समूहले सल्लाको खोटो बिक्री गरेर आम्दानी गर्न थालेका छन्। जिल्लाका पहाडी क्षेत्रमा रहेका सामुदायिक वन समूहले जङ्गलमा रहेका सल्लाको रुखबाट उत्पादन हुने खोटो बिक्री गरेर वार्षिक रूपमा लाखाैँ रुपियाँ आम्दानी गर्ने गरेका हुन्। योसँगै बोक्रा ताछेर सल्लाको रुखबाट खोटो निकाल्नाले गर्मी मौसममा डढेलोका कारण सल्ला मर्दै जाने समस्या पनि रहेको छ। वन समूहले सल्लाको खोटो बिक्री गरेर भएको आम्दानी वन समूहकै संरक्षणसँगै गाउँका लागि खानेपानीलगायत सामाजिक कार्यमा लगाउने गरेका छन्।