हाम्रा शिक्षालय र समाजलाई कस्ता शिक्षक र कार्यक्रम चाहिन्छ ?

हाम्रा स्कुल, विद्यार्थी र समाजलाई खुसी, उमङ्ग, जोश र जाँगर भरिएका शिक्षकको आवश्यकता छ। जसलाई आफ्नो विषयका साथै अन्य विषयमा पनि धेरथोर ज्ञान हुनुपर्छ। जस्तै, खेलकुद, मनोरञ्जन, स्वास्थ्य, व्यापार, समाजसेवा, राजनीति, विज्ञानलगायत विभिन्न पेशा र अन्य विधामा अलि अलि दक्खल राख्ने शिक्षकले अपेक्षित काम गर्न सक्छन्। किनकि हाम्रा विद्यार्थी फरक–फरक खालका छन्। उनीहरूको चाहना बेग्लाबेग्लै […]