बजेट नपर्दा रारा ‘नमुना गाउँ’ अलपत्र

कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारा नजिकै प्रदेश सरकारले ‘मुर्मा नमुना गाउँ’ कार्यान्वयनमा ल्याए पनि कार्यक्रम अलपत्र परेको छ । छायानाथरारा नगरपालिका–९ स्थित मुर्मा गाउँलाई नमुना बनाउन गत वर्षमा २ करोड बजेट विनियोजन गरिएको थियो । तर यो वर्ष बजेट नपर्दा कार्यक्रम अलपत्र परेको हो ।