सुनसरी-मोरङ औद्योगिक क्षेत्रका उद्योगी कार्गो रेलमार्फत कच्चा पदार्थ र औद्योगिक उत्पादन ढुवानी गर्नबाट वञ्चित भएको स्विकार्दै प्रधानमन्त्री पुष्पकमल दाहालले चाँडै समस्याको समाधान गर्ने बताएका छन् । उनले भारतीय उच्चस्तरीय टोली नेपाल आएका बेला निकास निकाल्ने बताएका हुन् ।