पाकिस्तानमा मन्त्रिपरिषद् गठन, बिलावाल भुट्टो विदेश मन्त्री नियुक्त

पाकिस्तानमा नयाँ मन्त्रिपरिषद् गठन भएको छ । नयाँ मन्त्रिपरिषदमा गठबन्धनमा सहभागी विभिन्न दलको तर्फबाट सिफारिस गरिएका नेताहरूलाई समेटिएको छ । सोमबार प्रधानमन्त्रीमा निर्वाचित शेहबाज शरिफले हिजो सपथ ग्रहण गरेपछि नयाँ मन्त्रीहरू नियुक्त गर्नुभएको हो । बिलावाल भुट्टो जर्दारी विदेशमन्त्री बन्नुभएको छ । त्यसैगरी आन्तरिक मामिला मन्त्रीको जिम्मेवारी राना सनाउल्लाहलाई र सञ्चार मन्त्रीको जिम्मेवारी मार्यम औराङजाबलाई दिइएको छ । शरिफ नेतृत्वको सरकारलाई उहाँको पार्टी पाकिस्तान मुस्लिम लिग–नवाजसँगै पाकिस्तान पिपुल्स पार्टी, ...