निर्वाचन आयोगले सामाजिक सञ्जालमा ‘नो नट एगेन’ भनेर प्रचार गर्ने निर्वाचन आयोगको चेतावनीप्रति एमाले नेता भीम रावलले आपत्ति जनाएका छन् । आयोगले शीर्ष नेताको तस्बिर राखेर सामाजिक सञ्जालमा प्रचार गर्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना गर्ने चेतावनी दिएको छ । साथै, त्यसरी फेसबुक पेज बनाएको भए हटाउन निर्देशन दिइसकेको छ ।आयोगको यही निर्णयप्रति आपत्ति जनाउँदै नेता रावलले शीर्ष नेतालाई अहिले नै विजयी घोषणा गरिदिए हुन्छ भन्दै आक्रोश व्यक्त गरेका छन् । आयोगको यो निर्णय संविधानको धारा १७ को विचार र