गुम्बा पुनर्निर्माण पुरातत्त्व विभागले गर्ने

भूकम्पले क्षतिग्रस्त ५ गुम्बा पुनर्निर्माणको जिम्मा पुरातत्त्व विभागले पाएको छ । २०७२ वैशाख १२ को भूकम्पले जिल्लाका १ सय ४ गुम्बा भत्किएका थिए । यसअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार इकाइमार्फत गुम्बा पुनर्निर्माण हुँदै आएको थियो ।