काठमाण्डौ – ललितपुर महागरपालिकाका मेयर चिरीबाबु महर्जनले काठमाण्डौ उपत्यकामा मेट्रो रेल चलाउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।आज बिहीवार काठमाण्डौ महानगरपालिकाको २८ औँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रममा मेयर महर्जनले उपत्यकामा मेट्रो रेल चलाउनका निम्ति काठमाण्डौ महानगरपालिकासँग सहकार्य गर्न आफूहरू तयार रहेको बताउनुभयो । त्यसैगरी उहाँले ललितपुर महानगरपालिकामा आफूले साइकल लेन बनाएको भन्दै त्यो लेनलाई काठमाण्डौ महानगरपालिका हुँदै शिवपुरी डाँडोसम्म जोड्ने प्रस्ताव पनि गर्नुभयो । उहाँले भन्नुभयो, ‘क...