कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडू र नेपालका लागि नर्वेका राजदूत तोरुन ड्रम्डलबीच शिष्टाचार भेटवार्ता भएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सोमबार भएको शिष्टाचार भेटमा मन्त्री बडू र राजदूत ड्रम्डलबीच नेपाल र नर्वेको मैत्रीपूर्ण सम्बन्धलगायतका विषयमा छलफल भएको छ । भेटमा मन्त्री बडूले नेपालमा लोकतन्त्रको सुदृढीकरण, सुशासन र न्यायमा पहुँच अभिवृद्धि, नवीकरणीय ऊर्जालगायत विभिन्न क्षेत्रमा नर्वेले गरिरहेको सहयोगका लागि धन्यवाद दिए । उनले न्यायमा ना