चौथो राष्ट्रियसभा अध्यक्ष कप खेलकुद मंसिर २० गतेदेखि

पर्वत : जिल्लाको मोदी गाउँपालिकाको आयोजनामा हुँदै आएको राष्ट्रियसभा अध्यक्ष कपको चौथो संस्करण यही मंसिर २० गतेदेखि २४ गतेसम्म आयोजना हुने भएको छ।महिला तथा पुरुष भलिबल, रत्यौली गीत प्रतियोगिता, भजन प्रतियोगितासहित जनप्रतिनिधि, कर्मचारी र शिक्षकहरूबिच मैत्रीपूर्ण भलिबल र म्युजिकल चेयर खेल राखिएको ‘चौथो राष्ट्रियसभा अध्यक्ष कप–२०८०’ र ‘खेल अभियान : पालिकाको पहिचान’ नारासहित आयोजना गरिएको हो।प्रतियोगितामा पुरुष भलिबलतर्फ गाउँपालिकाको वडास्तरीय प्रतिस्पर्धा राखिएको छ। जस