काँग्रेस र माओवादीले एमालेसँग तालमेल गर्नु बेइमानी भयो : महासचिव भुसाल

नेकपा एकीकृत समाजवादी पार्टीका महासचिव बेदुराम भुसालले पाँच दलीय गठबन्धनको निर्णयविरुद्ध एमालेसँग तालमेल गर्नु राजनीतिक बेइमानी भएको टिप्पणी गरेका छन् । रातोपाटीसँगको विशेष कुराकानीमा भुसालले सत्ता गठबन्धनमा तालमेल नभएको अवस्थामा मित्रवत प्रतिष्पर्धा गर्ने निर्णय भएपनि नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले एमालेसँग तालमेल गर्नु अनैतिक कार्य भएको बताए ।‘गठबन्धनभन्दा बाहिर गएर तालमेल गर्नु राजनीतिक रुपमा अनैतिक भयो । गठबन्धनभन्दा बाहिर गएर तालमेल नगरौं भनेर शीर्ष नेताको तहमै निर्णय गरेर