काठमाडौं, ११ जेठ । संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मुल्य वृद्धि फिर्ता गर्न माग गर्दै आज टेकुस्थित नेपाल आयल निगमको कार्यालय घेराउ गरेका छन् । मंगलबार उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुलाई मुल्य वृद्धि खारेजीको माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका विद्यार्थी संगठनले आज निगमको कार्यालय घेराउ गरेका हुन् । विद्यार्थीहरुले ‘सबै मुल्यवृद्धिको जड पेट्रोलियम […]
काठमाडौं, १२ माघ । मेडिकल कलेजका विद्यार्थीहरुमाथी भएको ज्यादती विरुद्ध आन्दोलनरत संयुक्त विद्यार्थी संगठन र काठमाडौं विश्वविद्यालयबिच सहमति भएपछि विद्यार्थी संगठनको आन्दोलन स्थगित भएको छ । पौष १० गते भएको सहमतिअनुरुप काठमाडौं विश्वविद्यालय डिनको कार्यालय र रजिष्ट्रार कार्यालयबाट अतिरिक्त शुल्क ‘सम्बन्धित बिद्यार्थी’ कै नाममा फिर्ता गर्ने, छात्रावासलाई स्वेच्छिक गर्ने तथा होस्टल शुल्क र अतिरिक्त शुल्क […]
२९ मंसिर, पोखरा । कक्षा १२ मा कानुन पढेका गण्डकीका आन्दोलनरत विद्यार्थी र प्रदेश परीक्षा व्यवस्थापन बोर्डबीच पुनः उत्तरपुस्तिका परीक्षण गरेर १५ दिनभित्र नतिजा प्रकाशन गर्ने सहमति भएको छ । संयुक्त विद्यार्थी संगठन, विद्यालयका प्रतिनिधिसमेतको उपस्थितिमा १५ दिनभित्र विद्यार्थीको उत्तरपुस्तिका पुनःपरीक्षण गरेर नतिजा प्रकाशन गर्ने सहमति भएको हो । त्यस्तै उत्तरपुस्तिका पुनःपरीक्षणको माग गर्दै भएको […]
मध्यपश्चिम विश्वविद्यालय तनावग्रस्त बनेको छ। आन्दोलनरत संयुक्त विद्यार्थी संगठन र प्रहरीबीच मंगलबार साँझ झडप हुँदा अखिल (क्रान्तिकारी)मध्य पश्चिम विश्वविद्यालयका अध्यक्ष राज पौडेल लगायतका ७ जना विद्यार्थी नेताहरु घाईते भएका छन् । यसैगरी ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विद्यार्थी नेतृ तिर्सना हमालका अनुसार घाइते हुनेमा राज पौडेल, टिआर शर्मा, झक्क शाही, गोविन्द सभापतिजी लगायतका छन् ।यसैगरी दिपेन्द्र जंग शाही, भुपेन्द्र बम, केशब खड्का, रोशन बस्नेत,गोविन्द सिजापती, ते
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) लगायत संयुक्त विद्यार्थी संगठनको बैठक अहिले काठमाडौं बुद्धनगरमा बसिरहेको छ । आजको बैठकले आगामी आन्दोलनका थप कार्यक्रमको तय गर्दै बिगतका कार्यक्रमको समिक्षा गर्ने नेविसंघ महामन्त्री बल्देव तिमल्सिनाले जानकारी दिनुभयो । बैठकले देशभर संचालित आन्दोलन सफल बनाउन मेहनत र सहभागी सबैलाइ धन्यवाद व्यक्त गर्दै आन्दोलनमा भएको दमनको भ्रत्सना गरेको छ […]
काठमाडौं : आइतबार त्रिभुवन विश्वविद्यालय परिसरमा कोही विद्यार्थीको हातमा 'विश्वविद्यालयलाई ज्ञान उत्पादनको थलो बनाऊ, व्यापारको थलो होइन' भन्ने प्लाकार्ड थियो त कुनैको छातीमा टाँसिएको थियो, ‘त्रिविमा एमफिल, पीएचडी नियमित र नि:शुल्क गर।’संयुक्त विद्यार्थी संगठन र एमफिलका विद्यार्थीले प्लेकार्ड बोक्दै विरोध प्रदर्शन गर्नुको कारण थियो- त्रिविले एमफिलको शुल्क बढाउनु। त्रिविले शिक्षामा व्यापार गरेको भन्दै उनीहरु आन्दोलनमा उत्रिए। त्रिवि कार्यालयबाट नारा लगाउँदै उपकुल