कर्णालीका झण्डै  तीन सय मतदानस्थल अतिसंवेदनशील

काठमाण्डौ – सुरक्षाका दृष्टिकोणले कर्णाली प्रदेशका सात जिल्लाका झण्डै तीन सय मतदानस्थल अतिसंवेदनशील मानिएका छन् । आउँदो मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको चुनावका लागि दुई सय ६७ वटा मतदानस्थल अतिसंवेदनशील मानिएका हुन् । निर्वाचन सुरक्षा समितिले तयार पारेकाे प्रतिवेदनका अनुसार सबैभन्दा धेरै अतिसंवेदनशील मतदानस्थल कालीकोटमा रहेका छन् । कालीकोटमा ७४ वटा मतदानस्थल अतिसंवेदनशील मानिएका छन् । त्यसमध्ये सल्यानमा ६३, दैलेखका ४८, सुर्खेतका २०, रुकुमपश्चिमका २१, डोल्पामा २३ र जाजरकोटका १८ मतदानस्थल अतिसं...