जो गणतन्त्रवादी हुँदै राजतन्त्रवादी भए…

काठमाडौं । शाही शासनकालका प्रभावशाली मन्त्री डा. प्रकाशचन्द्र लोहनी पहिलो संविधानसभा बैठकमा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापनाको पक्षमा उभिए पनि हाल संवैधानिक राजतन्त्रको पक्षमा छन् । त्यतिबेला उनको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीले राजतन्त्रको विकल्प गणतन्त्र हुने भन्दै गणतन्त्रको एजेन्डा तय गरेको थियो । तर, लोहनी २ वर्ष यता भने संवैधानिक राजतन्त्रको पक्षमा छन् । कमल […] The post जो गणतन्त्रवादी हुँदै राजतन्त्रवादी भए… appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

भारत नेपालको पानी चाहन्छ, बिजुली होइन

नेपालका पञ्चदेखि बहुदल हुँदै गणतन्त्रवादी राजनीतिक दल र तिनका नेता, नीतिनिर्माता र कर्मचारीतन्त्र समेतले नबुझेको कुरा के हो भने भारत नेपालको पानी चाहन्छ, विद्युत् होइन। भारतको आवश्यकता पानी हो जसको अरु कुनै विकल्प छैन। विद्युत् पनि भारतको आवश्यकता हो तर त्यसको विकल्प छ।

जो गणतन्त्रवादी हुँदै राजतन्त्रवादी भए...

शाही शासनकालका प्रभावशाली मन्त्री डा. प्रकाशचन्द्र लोहनी पहिलो संविधानसभा बैठकमा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापनाको पक्षमा उभिए पनि हाल संवैधानिक राजतन्त्रको पक्षमा छन् । त्यतिबेला उनको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीले राजतन्त्रको विकल्प गणतन्त्र हुने भन्दै गणतन्त्रको एजेन्डा तय गरेको थियो । तर, लोहनी २ वर्ष यता भने संवैधानिक राजतन्त्रको पक्षमा छन् । कमल थापा नेतृत्वको तत्कालीन राप्रपा नेपालसँग एकीकरण प्रक्रियामा पशुपतिशम्शेर जबरा र लोहनी नेतृत्वको पार्टी राप्रपा आएपछि गणतन्त्रको

जो गणतन्त्रवादी हुँदै राजतन्त्रवादी भए…

काठमाडौं, १५ जेठ : शाही शासनकालका प्रभावशाली मन्त्री डा. प्रकाशचन्द्र लोहनी पहिलो संविधानसभा बैठकमा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापनाको पक्षमा उभिए पनि हाल संवैधानिक राजतन्त्रको पक्षमा छन् । त्यतिबेला उनको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीले राजतन्त्रको विकल्प गणतन्त्र हुने भन्दै गणतन्त्रको एजेन्डा तय गरेको थियो । तर, लोहनी २ वर्ष यता भने संवैधानिक राजतन्त्रको पक्षमा छन् । […]

जो गणतन्त्रवादी हुँदै राजतन्त्रवादी भए...

काठमाडौं - शाही शासनकालका प्रभावशाली मन्त्री डा. प्रकाशचन्द्र लोहनी पहिलो संविधानसभा बैठकमा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापनाको पक्षमा उभिए पनि हाल संवैधानिक राजतन्त्रको पक्षमा छन् । त्यतिबेला उनको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीले राजतन्त्रको विकल्प गणतन्त्र हुने भन्दै गणतन्त्रको एजेन्डा तय गरेको थियो ।  तर, लोहनी २...

जो गणतन्त्रवादी हुँदै राजतन्त्रवादी भए...

काठमाडौं - शाही शासनकालका प्रभावशाली मन्त्री डा. प्रकाशचन्द्र लोहनी पहिलो संविधानसभा बैठकमा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापनाको पक्षमा उभिए पनि हाल संवैधानिक राजतन्त्रको पक्षमा छन् । त्यतिबेला उनको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीले राजतन्त्रको विकल्प गणतन्त्र हुने भन्दै गणतन्त्रको एजेन्डा तय गरेको थियो ।  तर, लोहनी २...

हामी र हाम्रो गौरव

भारतकोे रंग र फूल अनि चीनका पटाका र झिलिमिली बत्ती मगाएरै सही यसपालि तिहार भने खुब मनाइयो । उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ समेत सकियो र यो वर्षका मुख्य चाडपर्वहरू पनि सकिए । तर चाडपर्वमा बढी नै रमाउने गरेका हामी निराश भइहाल्नु पर्दैन । किनकि देशमा राजनीतिक, न्यायिक र सामाजिक क्षेत्र जताततै अनेकखाले पर्व र जात्रैजात्रा चलिरहकै छन् र चलिरहने नै छन् । हाम्रो स्वतन्त्रताको उपभोग विदेशीले पनि भरपूर गर्न थालिसकेका छन् । रोहिँग्यादेखि अफगानीसम्म नेपाली नागरिकझैं भइसके । विश्वको कुनै पनि कुनाका अपराधीहरू नेपालमा स्वतन्त्र रूपमा बस्न पाउँछन् । यस्तो स्वतन्त्रता भएको गौरवशाली देश छ अन्त कतै ? चारैतिर निराशा छ । न राजनीति, न न्याय, न शिक्षा, न अर्थतन्त्र सही छ । तर निराशावादीहरूका बीचमा हामीले आशाका किरणहरू खोज्नैपर्छ र हाम्रा पुराना गौरवहरूलाई ब्यूँताउनैपर्छ । शायद त्यसैले झीनो स्वरमै सही केही मानिसहरू राजतन्त्र फर्किने वा फर्काउने कुरा गरिरहेका छन् । वर्तमानमा काम नगर्ने र भविष्य नसोच्नेहरूको काम नै अतीतलाई राम्रो देख्नु हो । त्यसैले पो हो कि खराट गणतन्त्रवादी पनि राजतन्त्रको पक्षमा बोल्न थालेका छन् । लोकतन्त्रको सुन्दर पक्ष नै यही हो कि हामी हिजोभन्दा आज झन् झन् स्वतन्त्र हुँदै गैरहेका छौं । त्यसैले जसलाई जे गर्न मन लाग्यो, जे बोल्न मन लाग्यो मज्जाले पाएका छन् । विगतमा न्यायालयको विषयमा चु सम्म बोल्न पाइन्नथ्यो, आज सडकको बहसको विषय भैसकेको छ । बातले जित्नुपर्ने वकिलहरू मुक्का र हातले नपुगेर लात पनि चलाउन थालेका छन् । योभन्दा बढी स्वतन्त्रता विश्वमा कतै होला र ?   वास्तवमा हाम्रा गौरवहरूलाई हामीले गन्न र भन्न बिर्सेका मात्र हौं । मध्य सडकमा यत्रतत्र फ्ँयाकिएका प्लास्टिक र फोहोरलाई नै हेरौं न, ती हाम्रा दुःखले आर्जेका स्वतन्त्रताका प्रतीक हुन् । यसले हाम्रो देश समृद्धतर्फको यात्रामा अगाडि बढिरहेको संकेत गर्दछ । हामी पुगीसरी आएका कारण जताततै जे पनि छर्ने वा फ्ँयाक्ने हैसियतमा पुगेका हौं । यसको मतलव हामी मध्य आय भएको राष्ट्रको दर्जामा पुग्ने आधा बाटोमा छौं भन्ने पनि हो । हाम्रो स्वतन्त्रताको उपभोग विदेशीले पनि भरपूर गर्न थालिसकेका छन् । रोहिँग्यादेखि अफगानीसम्म नेपाली नागरिकझैं भइसके । विश्वको कुनै पनि कुनाका अपराधीहरू नेपालमा स्वतन्त्र रूपमा बस्न पाउँछन् । यस्तो स्वतन्त्रता भएको गौरवशाली देश छ अन्त कतै ? हाम्रोे देश यति धेरै स्वतन्त्र भैसकेको छ कि हाम्रा सरकारहरू पनि पूर्ण स्वतन्त्र नै छन् । त्यसैले सरकारले सडक लगायत राज्यका सम्पत्तिहरू दशकौंदेखि यत्तिकै विनामर्मत–सम्भार छाडिदिएका छन् । किनकि यो जनता आफैले आफ्नै तालले मर्मत गरून् भनेर छाडिएका हुन् । संसारमा कुन चैं देश यसरी सरकारी हस्तक्षेपविना यति धेरै स्वतन्त्र चलेको छ र ? यस्तो स्वतन्त्रता क्रमशः राज्यका अन्य अंगहरूमा पनि दिन दुईगुना रात चौगुनाका दरले झाँगिइरहेको छ । त्यसैले जसले जेसुकै भनून्, हामी हाम्रो देशलाई माया गर्छाैं, फोहोर होस् वा मोहोर सबै सबै चीजलाई । आखिरमा हाम्रो देश भनेको वीर गोर्खाली भनेर त्यसै चिनिएको हैन नि ⁄ हामी सगरमाथाको देश हो, चाहे दुई तिहाइ भाग चीनमा परेको किन नहोस् । यो डाँफेचरी बस्ने देश हो, जो अहिले लोप हुने अवस्थामा पुगेको छ । हामी हाम्रा राष्ट्रिय जनावरहरूलाई यति धेरै माया गर्छाैं भन्ने त मुख्य जनावरका तस्वीरहरू राष्ट्र बैंकले नोटमा छापेकै कारणले नै प्रमाणित हुन्छ । जंगलमा के भइरहेछ भन्ने कुरा गौण हो । बुद्ध र सीता नेपालमै जन्मेको त नेपाल संयुक्त राष्ट्रसंघको सदस्य हुनुभन्दा धेरै पहिलेदेखि नै हो । अझ भनौं राष्ट्रसंघको जन्म हुनुभन्दा र राष्ट्रसंघलाई जन्म दिने देशहरू जन्मनुभन्दा पनि धेरै पहिलेदेखि नै हो । अझ राम समेत नेपालमै जन्म्या हो भनेर ‘बा’ले ठोकुवा गर्‍यागर्‍यै छन् । अझ हाम्रा अरनिको बाजेले स्तुपा बनाउन नसिकाएको भए त चाइनिजहरू अहिलेसम्म पनि शायद जंगली नै रहिरहन्थे होला । हामी यस्तो गौरवशाली इतिहास भएको देश पो हो त ! तर अहिले आएर पो हामीलाई अरूले हेप्न थाले बा ! हाम्लाई हेप्ने ? अब भने केही न केही नगरी नहुने भयो । र, केही हुन थालिसकेको पनि थियो । पूर्ववर्ती सरकारले त्यत्रो काम थालिसकेको थियो, गिनिज बुकमा आधाआधी पेज त ती कामले नै भरिन थालिसकेका थिए । तर के गर्नु, फ्याट्ट त्यै सरकार हट्यो । तैपनि चिन्ता छैन । अहिलेको सरकारले पूर्ववर्ती सरकारकै रेकर्ड पनि तोड्न थालिसकेको छ । त्यसैले खबरदार ⁄ कसैले पनि हाम्रो हरियो राहदानीलाई हेप्ने हिम्मत नगरून् ! हामी त दुई ढुंगाबीचको डाइनामाइट पो हो त ! त्यसैले हाम्रो देशको रक्षाकै खातिर पनि हाम्रो सार्वभौम सिमानाभित्र हामीलाई जहाँ मन लाग्यो, त्यहीँ फोहोर फ्याँक्न स्वतन्त्र छौं । सडकमा हाम्रा प्रायः मोटरसाइकल चालकहरूले उपभोग गरिरहेको स्वतन्त्रता त शायद विश्वका कुनै पनि जनताले उपभोग गर्न पाएका छैनन् होला । हाम्रो हरियो राहदानीलाई हेप्ने हिम्मत जसले गर्छ, हामी उसैको देशमा राहदानीविनै छिरिदिन्छौं र त्यहाँ कब्जा जमाइदिन्छौं । हाम्लाई के ठान्या ? हामी यति स्वतन्त्र छौं कि हामीलाई मन लागे जसलाई पनि गाली गर्न वा ताली मार्न सक्छौं । देखिरहनुभएकै छ हाम्रा महान् नेताहरूले एकअर्कालाई गालीको फोहोराले हान्ने गरेका । हाम्रा बुद्धिमान् जनताहरू पनि के कम ? उनीहरू पनि नेताहरूले जे खोके पनि तालीले स्वागत गर्दै तिनका हरेक कुरा मान्ने गरेका ! त्यसैले आउनोस्, हामी सबै लागेर हाम्रा यी परम्परा र हाम्रा यी राष्ट्रिय गौरवहरूलार्ई गर्वका साथ जोगाइराखौं, देशविदेशमा आफ्नो कीर्ति अझ फैलाऔं । हाम्रा साना दुःखले आज्र्याको स्वतन्त्रता हैन, देशी विदेशीहरूले जे गर्न मन लाग्यो, त्यही गर्न पाउने फूलबारी हो यो, सबैलाई चेतना भया !

प्रतिगामी कदम सच्याउन संसद पुनर्स्थापना पहिलो सर्त : नेपाली

दिनेस रैदास, दाङ । राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मिराज नेपालीले सरकारले गरेको असंवैधानिक र प्रतिगामी कदम सच्याउन संसद पुनर्स्थापना हुनुपर्ने बताउनुभएको छ । राष्ट्रिय जनमोर्चा राजपुर एरिया समितिले आइतबार दाङको जङ्ग्रहवामा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै कार्यकारी अध्यक्ष तथा पूर्व सभासद नेपालीले नेकपा नेतृत्वको ओली सरकारले गरेको संसद् विघटनको कदम प्रतिगामी र असंवैधानिक भएकोले विघटित संसद पुनःस्थापना हुनुपर्नेमा जोड दिनुभयो । त्यसका लागि सबै गणतन्त्रवादी एकजुट भएर संयुक्त संघर्षमा आउन आह्वान गर्नुभयो । उहाँले राजपुर गाउँपालिका दाङको धेरै भूगोल ओगटेको प्राकृतिक रुपमा साधनस्रोत सम्पन्न र उर्वरा भूमि भएको हुँदा हुँदै पछिल्लो समयमा जिम्मेवार निकाय र व्यक्तिहरूबाट चुरे विनाश हुनु राप्ती नदी वरदानको रुपमा भएता पनि सिँचाइ सुविधा नहुँदा किसानहरुले समयमा खेती गर्न नपाउनु दुर्भाग्य भएको बताउनुभयो । त्यसकालागि स्थानीय गाउँपालिका प्रदेश तथा संघीय सरकारले साविक गोबरडिहा र गंगापरस्पुरको सिमानामा मुहान बनाई राप्ती नदीमा सिंचाई नहर योजना अगाडि बढाउन यस क्षेत्रका किसानहरु प्रतिवद्ध हुन पर्ने राप्ती नदीको दुवैतर्फ व्यवस्थित तटबन्धन हुनुपर्ने, सीमा नाका र चुरे क्षेत्रमा दशककोदेखि बसोबास गर्दै आएका भूमिहीन स्थानीय बासिन्दाहरुलाई व्यवस्थित बसोबास गराई लालपुर्जा उपलब्ध गराउनुपर्ने माग गर्नु भयो । अखिल नेपाल युवा संघको पूर्व केन्द्रीय अध्यक्ष काशीनाथ पोखरेलले संसद विघटन पछाडि देशका प्राप्त उपलब्धीहरू गुम्ने खतरा रहेको बताउनु भयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक अप्रजातान्त्रिक र अलोकतान्त्रिक कदमका विरुद्धमा एकजुट भएर संघर्ष गर्नुपर्ने बताउनु भयो । कार्यक्रम राजमोका जिल्ला उपाध्यक्ष महेश रिजाल र अखिल (छैठौं) का केन्द्रीय सदस्य खगेन्द्रा विष्ट, राजमो एरिया कमिटिका सदस्य लक्ष्मीप्रसाद बुढा, अखिल नेपाल महिला संघका दाङ जिल्ला सदस्य सीमा रोका लगायतले सम्बोधन गर्नुभएको थियो। ‘विघटित संसदको पुर्नस्थापना गरौं, संघीयताको विरोध गरौं, गणतन्त्र, धर्मनिरपेक्षता र राष्ट्रियताको रक्षा गरौं’ भन्ने मूल नाराका साथ सम्पन्न विरोध सभाको अध्यक्षता राजमो राजपुर एरिया समितिको कोषाध्यक्ष राम फकिरे रैदासले गर्नुभएको थियो । एरिया सदस्य राजकुमार विश्वकर्मा (कमल) को स्वागत तथा समितिका सहसचिव मनकुमार राणाले ‘विघटित संसदको पुर्नस्थापना गरौं, संघीयताको विरोध गरौं, ...