फिलिपिन्समा रोड्रिगो डुटेर्टेले राजनीतिबाट संन्यास लिएपछि छोरीलाई अघि सार्दै

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले राजनीतिबाट संन्यास लिने घोषणा गरेपछि उनकी छोरी साराले उक्त पदमा उम्मेदवारी दिने सम्भावना बढेको छ ।  राजनीतिबाट संन्यास लिएको घोषणा गरेका डुटेर्टेले आफ्नी छोरीलाई मेयरको पदमा भन्दा पनि राष्ट्रपति पदमा उम्मेदवार बनाउन खोजिरहेका छन् ।  फिलिपिन्सको संविधानले कुनै पनि व्यक्तिलाई दोस्रोपटक ६ वर्षको कार्यकालका लागि राष्ट्रपति उम्मेदवार बन्न रोक लगाएको छ । तर उनले सत्तामा रहनका लागि आफ्ना सहयोगी सिनेटर क्रिस्टोफर बोङ गोलाई राष्ट्रपतिको उम्मेदवार बनाउने अनि आफू चाहिँ उपराष्ट्रपत...