एमाले परित्याग गर्दै चिरञ्जीवी अधिकारी माओवादी केन्द्रमा प्रवेश

चिरञ्जीवी अधिकारी नेकपा एमाले परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।  माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अधिकारीलाई खुमलटारमा स्वागत गर्दै पार्टी प्रवेश गराएका हुन् ।  अधिकारी एमाले चितवन-काठमाडौं सम्पर्क मञ्च, क्षेत्र नम्बर ३ का इन्चार्ज, प्रेस चौतारी बागमती सम्पर्क मञ्चका प्रतिनिधि थिए । साथै उनी क्यान महासंघका केन्द्रीय कमिटी सचिवसमेत हुन् ।