चुनाव बहिष्कार गरी मसाल जुलुस निकाल्ने वैद्य निकट विद्यार्थीहरु समातिए

काठमाडौँ- वैशाख ३० गते हुने निर्वाचनको पूर्वसन्ध्यामा चुनाव बहिष्कार गरी राजधानीको दरबारमार्गमा मसाल जुलुस निकाल्ने नेकपा वैद्य निकट विद्यार्थी संगठनका विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार दरबारमार्गमा मसाल जुलुस निकाल्दै गर्दा उक्त संंगठनका अध्यक्ष हरि गजुरेलसहित विद्यार्थीहरु समातिएका हुन्। वैशाख ३० गते शुक्रबार देशभरिका ७५३ पालिकाहरुमा स्थानीय निर्वाचन हुँदै छ।