सिमकार्ड/ रिमकार्ड विक्रवितरणमा कडाई,  कानून बमोजिम नभए कारबाही

 चैत २४, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको सिमकार्ड तथा रिमकार्ड विक्री वितरणमा कडाई गर्न सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ । प्राधिकरणले बिहीवार एक सूचना जारी गर्दै सेवा प्रदायक कम्पनीले सिमकार्ड विक्रीवितरण गर्दा भर्नुपर्ने फारम रीतपूर्वक नभराएको तथा कागजात रुजु नगरी सिमकार्ड विक्री वितरण गरेकोे भन्ने गुनासो आएकाले प्राधिकरणले अबदेखि प्रक्रिया पूरा गरेर मात्र विक्री वितरण भनेको छ ।        प्राधिकरणले जारी गरेको सूचनामा मोबाइल सेवा प्रदायकका सिमकार्ड/ रिमकार्ड विक्री वितरण गर्दा ग्राहकले भर्नुपर्ने फारम (केवाईसी) रीतपूर्वक नभरी र नियमानुसार कागजात रुजु नगरी सेवा प्रदायकबाट सिमकार्ड/ रिमकार्ड विक्री वितरण भइरहेको भन्ने बुझिन आएको उल्लेख छ । प्राधिकरणले ग्राहकलाई पनि आफ्नो वास्तविक विवरणको आधारमा मात्र सिमकार्ड/ रिमकार्ड खरीद गर्न पनि आग्रह गरेको छ । निर्देशन बमोजिम सिमकार्ड तथा रिमकार्ड खरदिविक्री नभएको पाइएमा प्रचलित कानून बमोजिम कारबाही गरिने प्राधिकरणले बताएको छ ।