एजेन्सी । अमेरिकाको क्यालिफिोर्नियामा गत शुक्रवार सान डियागोको उत्तरी भागको एक स्थानमा एउटा कारबाट नोटका विटाहरु खसेपछि ट्राफिक ठप्प भएको थियो । सडकमा नोट छरिएको देखेपछि ड्राइभर तथा यात्रुहरु आ–आफ्ना कारबाट ओर्लिएर नोट टिप्न थालेका थिए ।
तर, तत्काल घटनास्थलमा पुगेको प्रहरीले तिनीहरुबाट सम्पूर्ण रकम फिर्ता लिने प्रयास गरेको थियो ।...