कोलम्बो : श्रीलंकामा सोमबार सरकारी समर्थक र विपक्षीबीच भएको झडपमा राजपाक्षे समर्थक एक सांसद र उनका व्यक्तिगत सुरक्षा अधिकारी (पिएसओ) को मृत्यु भएको छ।पोलोन्नारुआ जिल्लाको श्रीलङ्का पोदुजना पेरामुना (एसएलपीपी) का सांसद अमरकीर्ति अतुकोरालालाई पश्चिमी शहर नित्तम्बुआमा सरकारविरोधी समूहले घेरेको प्रहरीले जानकारी दिएको छ। मानिसहरूले सांसदको रिभल्भरबाट गोली चलेको दाबी गरेका छन्। आक्रोशित भीडले उनलाई कारबाट निकालेपछि उनी भागेर एउटा भवनमा आश्रय लिन पुगेका थिए। सांसद आफैँले आफ्नो रिभल्भरबाट गोली हाने