भारतले गहुँ पछि चामल निर्यातमा पनि प्रतिबन्ध लगायो

काठमाडौं । भारतले धान र चामलको निर्यातमा लाग्ने करको दर वृद्धि गरेको छ भने कनिकाको निर्यातमा रोक लगाएको छ । भारतले आफूले निर्यात गर्ने सेतो र खैरो धान/चामलमा २० प्रतिशत कर वृद्धि र कनिका निर्यातमा रोक लगाउने निर्णय गरेको हो । बुधबारेदेखि लागू हुने गरी भारत सरकारले गरेको सो निर्णय बिहीबारदेखि कार्यान्वयनमा आएको छ । […]