बागलुङका २ सडक बालबालिकाको उद्धार

बागलुङ । मानवसेवा आश्रमले आइतबार २ जना सडक बालबालिकाको उद्धार गरेको छ । लामो समयदेखि बागलुङ जिल्लाको बजार क्षेत्रमा बसोबास गर्दै आइरहेका अन्दाजी ३ र ४ बर्षका बालबालिकाको उद्धार गरिएको मानवसेवा आश्रमको गण्डकी प्रदेश संयोजक सुमिरा लामाले बताइन् । जक्सन र प्रिया नाम गरेका यि दुई बालबालिकाहरु लाई यस अघि पनि मानवसेवा आश्रमले पटक पटक […]

सम्बन्धित सामग्री

हराएकामध्ये ८३ प्रतिशत बालबालिकाको परिवारमा पुनर्मिलन

गत आर्थिक वर्षमा हराएकामध्ये ८३ प्रतिशत बालबालिकालाई खोजी गरी परिवारमा पुनर्मिलन गराइएको छ । नेपाल सरकार, बालबालिका खोजतलास समन्वय केन्द्र (१०४) मार्फत् उक्त वर्षमा तीन हजार ६५८ बालबालिका हराएकामध्ये तीन हजार नौ जनालाई पुनर्मिलन गराइएको हो । सोही अवधिमा बेवारिसे फेला परेका १९७, सडक बालबालिका ३५५ र जोखिमपूर्ण कार्यमा संलग्न तथा सडकमा वस्तु विनिमयमा संलग्न ५८ बालबालिकाको उद्धार, संरक्षण र व्यवस्थापन गरिएको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका प्रवक्ता उमेश ढुङ्गानाले जानकारी दिनुभयो ।