श्रीलङ्कामा देशव्यापी लकडाउन गर्न अस्वीकार

श्रीलङ्गकामा कोरोना भाइरसको सङ्क्रमण फैलिएको भएपनि देशव्यापी लकडाउन गर्न भने अस्वीकार गरिएको छ । देशका स्वास्थ्य अधिकारीहरूले अहिले लकडाउन लगाउनु उपयुक्त नहुने भन्दै खोप लगाउने अभियानलाई तीव्रता दिन सुझाव दिएका हुन् । कोरोना भाइरसको नयाँ भेरिएन्टको रुपमा देखिएको ओमिक्रोनको सङ्क्रमण तीव्र रुपमा फैलिएकाले देशव्यापी लकडाउन लागू गर्ने बारेमा छलफल भएको थियो ।     खोपको दोस्रो मात्रा लगाएकाहरूलाई बुस्टर डोज लगाउन पनि जोड दिइने अधिकारीहरूले जनाएका छन् । विज्ञ तथा सरोकारवालाको आन्तरिक संयुक्त बैठकमा अहिले ल...

सम्बन्धित सामग्री

अर्को लकडाउन नहोला भन्न सकिन्न : बेलायती प्रधानमन्त्री जोनसन

लन्डन – बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले नयाँ कोभिड भेरियन्ट र उप–भ्यरियन्टहरू देखा परे अर्को लकडाउनको संकेत गरेका छन्। जोनसनले अर्को कडा लकडाउनको सम्भावना भने अस्वीकार गरे तर बच्चाहरूलाई नयाँ भेरियन्ट देखा परेमा आफू कुनै पनि कदम चाल्न तयार रहेको बताए । शुक्रबार एक अन्तर्वार्तामा  उनले भने, ‘म यस्तो कुनै पनि घटना फेरि नहोस् भनेर जोगिन […]

बेलायती प्रधानमन्त्रीले भने- अर्को लकडाउन हुन सक्छ

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले नयाँ कोभिड भेरियन्ट र उप–भ्यरियन्टहरू देखा परे अर्को लकडाउनको संकेत गरेका छन् । जोनसनले अर्को कडा लकडाउनको सम्भावना भने अस्वीकार गरे  । तर बच्चाहरूलाई नयाँ भेरियन्ट अफ कन्र्सन देखा परेमा आफू कुनै पनि कदम चाल्न तयार रहेको उनले बताए । शुक्रबार एक अन्तर्वार्तामा  उनले भने, ‘म यस्तो कुनै पनि घटना फेरि नहोस् भनेर जोगिन चाहन्छु । म कुनै कुरालाई इन्कार गर्न सक्दिन । म केही नहोला भन्न सक्दिन । ’ बेलायतका केही भागहरूमा संक्रमणको संख्या

श्रीलङ्गकामा देशव्यापी लकडाउन गर्न अस्वीकार, बुस्टर डोजमा खोप

कोलम्बो । श्रीलङ्गकामा कोरोना भाइरसको सङ्क्रमण फैलिएको भएपनि देशव्यापी लकडाउन गर्न भने अस्वीकार गरिएको छ । देशका स्वास्थ्य अधिकारीहरूले अहिले लकडाउन लगाउनु उपयुक्त नहुने भन्दै खोप लगाउने अभियानलाई तीव्रता दिन सुझाव दिएका हुन् । कोरोना भाइरसको नयाँ भेरिएन्टको रुपमा देखिएको ओमिक्रोनको सङ्क्रमण तीव्र रुपमा फैलिएकाले देशव्यापी लकडाउन लागू गर्ने बारेमा छलफल भएको थियो । खोपको […]

भारतको दैनिक मृत्यु दरमा आएन कमी : एकै दिन ४ हजार जनाको मृत्यु

जेठ २, नयाँ दिल्ली । कोरोना भाइरस महामारीको दोस्रो लहरबाट ठूलो मानवीय संकट झेलिरहेको भारतमा विगत २४ घण्टामा थप चार हजार ७७ जनाको मृत्यु भएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार विगत २४ घण्टामा तीन लाख ११ हजार नयाँ संक्रमित भेटिएका छन् भने तीन लाख ६२ हजार संक्रमणमुक्त भएका छन् ।  शनिवार दैनिक मृत्यु दरमा सामान्य कमी आएर तीन हजार ८९० जनाको ज्यान गएको थियो ।  भारतमा हालसम्म कोभिड–१९ बाट मृत्यु भएकाको संख्या दुई लाख ७० हजार पुगेको मन्त्रालयले जानकारी दिएको छ ।  मन्त्रालयका अनुसार कोभिड–१९ संक्रमितको कुल संख्या दुई करोड ४६ लाख ८४ हजार पुगेको छ जसमध्ये दुई करोड सात लाख ९५ हजार व्यक्ति संक्रमण मुक्त भएका छन् । भारतमा गत जनवरीमा कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु गरेको थियो । हालसम्म १८ करोड २२ लाख व्यक्तिलाई खोप दिइएको मन्त्रालयले जानकारी दिएको छ ।  गत मे १ देखि भारत सरकारले १८ वर्षभन्दा माथिको उमेरका सबै व्यक्तिलाई खोप दिने योजना अघि सारे पनि पर्याप्त खोप उपलब्ध नहुँदा सहज रुपमा खोप अभियान अघि बढ्न सकेको छैन । भारतमा संक्रमित व्यक्तिको संख्या दैनिक तीन लाखभन्दा बढी नै देखिएपनि भारत सरकारले देशव्यापी लकडाउन गर्न अस्वीकार गरेको छ । तर संक्रमित अत्यधिक देखिएका दिल्ली, मुम्बई समेतका शहरमा राज्य सरकारले लकडाउन, प्रतिबन्ध, कर्फ्यू लगाएका छन् ।  हाल, कोभिडको ठूलै संकट सामना गरिरहेको भारतमा हाल अक्सिजनको आपूर्ति समेतका अत्यावश्यक औषधि र अन्य स्वास्थ्य सेवाको चरम अभाव भएको छ । यसैबीच, विश्व स्वास्थ्य संगठनले विश्वभर कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या ३३ लाख ८३ हजार पुगेको जानकारी दिइएको छ । हालसम्म सर्वाधिक प्रभावित संयुक्तराज्य अमेरिकामा पाँच लाख ९९ हजार तथा दोस्रो स्थानमा रहेको ब्राजिलमा चार लाख ३४ हजारको मृत्यु भएको छ । रासस/सिन्ह्वा

कोरोना संकट बढ्दै जाँदा लकडाउन गर्न ब्राजिलियन राष्ट्रपतिद्वारा अस्वीकार

ब्राजिलियन राष्ट्रपति जैर बोलसोनारोले देशव्यापी लकडाउन गर्ने अहिले कुनै योजना नभएको बताएका छन्। ब्राजिलमा पछिल्लो २४ घण्टामा ३ हजार ८२९ जनाको मृत्यु भएको छ भने मंगलबार ४ हजारभन्दा बढी संक्रमितको मृत्यु भएको थियो। तर राष्ट्रपति बोलसोनारोले भने कोरोनाको कारणभन्दा लकडाउनको कारणले अर्थतन्त्र बिग्रिने बताउँदै आएका छन्। ब्राजिलमा कोरोना संक्रमण उच्च…

सरकारलाई सर्वोच्चको दोस्रो आदेश, लकडाउन अवधिभर कर बुझाउनु नपर्ने

काठमाण्डौ - सर्वोच्च अदालतले पूर्णरुपमा लकडाउन खुला नहुञ्जेल कर दाखिलाका लागि व्यवसायीहरुलाई बाध्य नपार्नू भन्ने आफ्नो पुरानो आदेशलाई निरन्तरता दिएको छ ।  प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरासहित न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले यसअघिको अन्तरिम आदेश खारेज गर्न अस्वीकार गरेको हो ।  सरकारले आदे...

झापामा व्यवसाय सुचारु गर्ने

झापाका उद्योगी व्यवसायीले व्यवसाय सुचारु गर्न तीनदिने अल्टिमेटम दिएका छन् । झापाका उद्योगीहरुको छलफलले थप लकडाउन अस्वीकार गर्ने निर्णय गरेको हो । छलफलमा ६ बुँदे निर्णय भएको छ । कोरोनाका कारणबाट ७७ दिनसम्म लकडाउन हुँदा उद्योगी व्यवसायीलाई ठूलो क्षति पुगेको र सरकारबाट कुनै सहुलियत घोषणा नभएको भन्दै व्यवसायीले आपत्ति प्रकट गरेका छन् ।

स्वीडेन सरकारद्वारा लकडाउन गर्न अस्वीकार

स्वीडेन । युरोपका अधिकांश मुलुकहरु नोभेल कोरोना भाइरसको प्रकोपका कारण मानिसहरुको आवतजावतमा प्रतिबन्ध लगाइएका