उम्मेदवार टुङ्गो लगाउन दलहरु छलफलमा : गठबन्धनलाई सकस

काठमाण्डाै - पालिका चुनावका लागि उम्मेदवारी दर्ता गर्ने दिन नजिकिँदै गर्दा दलहरुको व्यस्तता बढेको छ । उम्मेदवार छनोटबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ । आज बेलुकीसम्म ६ महानगर र ११ उपमहानगरपालिकाको बाँडफाँट टुङ्गो लगाउने गठबन्धनका नेताहरुले दाबी गरेका छन् । तर गठबन्धनका पाँचवटै दलले आआफ्ना अडान र दाबी छोडेका छैनन् । सत्ता गठबन्धनमा सहभागी दलहरुले महानगर र उपमहानगरपालिकामा आ–आफ्नो दाबी गरेका छन् । नेपाली कांग्रेसले काठमाण्डौ, ललितपुर, विराटनगर महानगरपालिकाको प्रमुखमा दाबी ...

सम्बन्धित सामग्री

दलहरु उम्मेदवार टुङ्ग्याउने अन्तिम तयारीमा, भोलि र पर्सि मनोनयन दर्ता

काठमाण्डाै - पालिका चुनावको लागि भोलि र पर्सि मनोनयन दर्ता भएकाले दलहरु उम्मेदवार छनाेटको अन्तिम तयारीमा जुटेका छन् । केही पालिकामा उम्मेदवारको टुङ्गो लागे पनि महानगर, उपमहानगरसहितका पालिकाहरुमा टुङ्गो लागेको छैन । । महानगर र उपमहानगरका मेयर र उपमेयर केन्द्रबाटै टुङ्ग्याउने नीतिअनुसार दलहरु छलफलमा व्यस्त छन् । सत्ता गठबन्धनले महानगर र उपमहानगरमा भागबन्डा टुङ्गो लगाए पनि उम्मेदवार छनोट गर्न बाँकी छ । तर केन्द्रमा भागबन्डा मिले पनि केही जिल्लामा स्थानीय नेताहरुबीच असन्तुष्टि बढेको छ । भरतपुर, पोखरा र वीरगञ्ज...